काठमाडौँ । अर्जेन्टिनामा आयोजना हुने १२औं संस्करणको फुटसलका विश्वकप खेल्नका लागि नेपाली टोली बिहीबार अर्जेन्टना प्रस्थान गरेको छ । १२ खेलाडीसहित १७ सदस्यीय नेपालि टोली आज अर्जेन्टिना जान लागेको हो ।
विश्वकपका लागि नेपाल फुटबल संघले बुधबार समिर कार्कीको कप्तानीमा रहेको १२ नेपाली टोली घोषणा गरेको थियो । टोलीमा कार्कीसहित दिपेन्द्र रसाइली, दिनेश श्रेष्ठ, बिशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेश मान श्रेष्ठ र सन्जिब तामाङ रहेका छन्। यस्तै कमल विष्ट टोलीको प्रशिक्षकमा छन् ।
फिफाले आयोजना गर्ने फिफा फुटसल वर्ल्ड कप भन्दा फरक रहेको यस प्रतियोगितामा नेपालले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेको हो।
१६ टोलीले प्रतिस्पर्धा गर्ने फुटबल विश्वकपमा नेपाल समूह डी मा रहेको छ। नेपालको समूहमा क्यानडा, क्याटलोना र फ्रान्स रहेको छ। नेपालले अप्रिल १ मा क्यानडासंग पहिलो खेल खेल्नेछ।