१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिर कार्कीको कप्तानीमा रहेको फुटसल टोली अर्जेन्टिना प्रस्थान



अ+ अ-

काठमाडौँ । अर्जेन्टिनामा आयोजना हुने १२औं संस्करणको फुटसलका विश्वकप खेल्नका लागि नेपाली टोली बिहीबार अर्जेन्टना प्रस्थान गरेको छ । १२ खेलाडीसहित १७ सदस्यीय नेपालि टोली आज अर्जेन्टिना जान लागेको हो ।

विश्वकपका लागि नेपाल फुटबल संघले बुधबार समिर कार्कीको कप्तानीमा रहेको १२ नेपाली टोली घोषणा गरेको थियो । टोलीमा कार्कीसहित दिपेन्द्र रसाइली, दिनेश श्रेष्ठ, बिशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेश मान श्रेष्ठ र सन्जिब तामाङ रहेका छन्। यस्तै कमल विष्ट टोलीको प्रशिक्षकमा छन् ।

फिफाले आयोजना गर्ने फिफा फुटसल वर्ल्ड कप भन्दा फरक रहेको यस प्रतियोगितामा नेपालले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेको हो।

१६ टोलीले प्रतिस्पर्धा गर्ने फुटबल विश्वकपमा नेपाल समूह डी मा रहेको छ। नेपालको समूहमा क्यानडा, क्याटलोना र फ्रान्स रहेको छ। नेपालले अप्रिल १ मा क्यानडासंग पहिलो खेल खेल्नेछ।