१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विप्लवले अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

विप्लवले अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल
अ अ+ अ-

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताउनुभयो ।

“२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल निर्माण गर्ने, निरङ्कुश राजतन्त्र फाल्न हतियार उठाएको थियो,” उहाँले भन्नुभयो ।

यी क्रान्तिले नै मुलुकले लामो सङ्घर्ष नेपालको संविधान पाएको र मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले चन्द नेतृत्वको समूहले त्यही संविधानका विरुद्ध अराजनीतिक गतिविधि गरिरहेको तर, यस्ता गतिविधिलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने बताउनुभयो । विगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पूरा गरिसकेकाले अहिले उक्त समूहको आन्दोलनको औचित्य नभएको उहाँको भनाइ थियो ।

संविधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई खलल नपुग्ने गरी जनताको दुई तिहाइ बहुमतले संविधानमा रहेका हरेक प्रश्नहरु सुल्झाउन सकिने अवस्थामा एजेण्डाविहीन रहेर संविधान विपरीत गतिविधि गर्ने अधिकार कसैलाई पनि नरहेको उहाँको तर्क थियो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले अहिले तीनै तहको सरकार नेकपाको भएकाले यतिबेला भएका विकास निर्माणका कामहरुलाई जनताको माझमा लगेर प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले दाङमा धेरै ठूला सडकहरु निर्माण भइरहेको तथा करीब पाँच÷छ वटा पुल निर्माण भइरहेको भन्दै विकास निर्माणले गति लिएको बताउनुभयो । उहाँले दुई ठूला पार्टी एक हुनु देश र जनताका लागि खुशीको कुरा भएको भन्दै पार्टी एक हुन नदिन देश तथा विदेशी शक्तिसमेत सक्रिय भएपनि पार्टी एकतालाई। पूर्णता दिइएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका ९९ नगर कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो । यसअघि अध्यक्ष र सचिवलाई शपथग्रहण गराइसकिएको छ । योसँगै १०१ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी निर्माण भएको छ ।