१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’



अ+ अ-

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गर्नुभयो ।

“साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन”, मन्त्री श्रेष्ठले भन्नुभयो, “जति गर्नुपर्ने हो त्यति गर्न सकिएन, अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ ।” मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गर्नुभयो । 

“तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ, आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर”, उहाँले भन्नुभयो । उहाँले मादी–मस्र्याङ्दी, डुम्रे–चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले करिब दुईतिहाइको मत प्राप्त गरे पनि नेकपा ९एमाले० नेतृत्व सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टीको सङ्गठन विस्तारमा जोड दिइने चर्चा गर्नुभयो । 

मन्त्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको बताउनुभयो । उहाँले विदेश जाने अधिकांश युवा अदक्ष हुने गरेकाले उनीहरुलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराउनुभयो । सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने मन्त्री श्रेष्ठको भनाइ थियो ।