१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालको खाना गुणस्तरहीन



अ+ अ-

बाँके । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ ।

सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

सरकारी निकायमा जताततै विकृति र विसङ्गति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्थामै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् ।

बिरामी भएर निजी अस्पतालमा उपचारका लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तको भनाइ छ । पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप छ ।

बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य भएको बिरामी कुरुवा बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला रु’ नेपालगञ्ज–१० का गोपाल खत्रीले भन्नुभयो, “जताततै लापरवाहीभन्दा केही भेटिदैन ।”

सम्बन्धित सरकारी निकायबाट अनुगमन गरिएको छैन् । दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ ।

‘बिरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, बिरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भन्नुभयो । एउटा बिरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसब्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ । तर, बिरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि बिरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक बिरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।” अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताउनुभयो ।