१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरेको प्रति मन्त्री यादवको आपत्ति

सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरेको प्रति मन्त्री यादवको आपत्ति
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पछिल्लो समयमा सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भइरहेको बताएका छन्। दुईदिने लगानी सम्मेलनका क्रममा आफ्नो अभिष्ट पूरा नभएका व्यक्ति तथा समूहबाट नियोजित रुपमा गलत टिका९टिप्पणीभएको उनको आरोप छ।

‘प्राथमिकताका आधारमा काँधमा परेको जिम्मेवारी मैले पूरा गरिरहेको छु’, मन्त्री यादवले भने, ‘तर मेरो भूमिकालाई गौण बनाइयो भनेर नितान्त गलत र नियोजित टिका९टिप्पणी गरियो। लगानी सम्मेलनमा मलाई कसैले पनि उपेक्षा र बाइपास गरेको छैन। सबै बिषयमा छलफल र सहकार्य भएको छ।’

सहकार्य र छलफलकै आधारमा ऐतिहासिक रुपमा लगानी सम्मेलन सफल भएको मन्त्री यादवको कथन छ। आफू मन्त्रीको पद सम्हाले लगत्तैदेखि नेपालमा वैदेशिक लगानी भिञ्याउने, त्यसमा बाधक रहेका नीति परिमार्जन गर्ने र अभाव भएका लगानी मैत्री कानुन निर्माण गर्ने काममा अहोरात्र खटिएको र अहिले त्यसको प्रतिफल प्राप्त भएको उनले बताए।

कार्यक्रमस्थलमा व्यवस्थापन पक्षले व्यवस्था गरेअनुसार आफू सीटमा बसेको भन्दै मन्त्री यादवले भने, ‘अग्रभागमा बस्न सीट नपाएपछि रिसाएर कार्यक्रम छाडी हिँडेको भनेर कुप्रचार गरियो।’

उनले भने, ‘पहिलो दिनको सत्रमा उद्योग र लगानी बिषयमा विदेशी लगानीकर्तासँग मैले गहन रुपमा गरेको छलफलको बिषयमा कसैले राम्रो ब्याख्या गर्न सकेन। लगानीसम्बन्धी पहिलो दिन मैले गरेको छलफललाई गौण बनाइयो। तर, बस्न कुर्सी नपाएर रिसाएर कार्यक्रम स्थलबाट गयो भनी मनगढन्ते प्रचार गरियो।’

उनले आफूविरुद्ध गलत बिषय बस्तु जोडेर बदनाम गराउन केही शक्ति नियोजित रुपमा लागेको आरोप लगाए। मन्त्री यादवले उपहार नलिएको बिषयमा पनि प्रस्ट पारेका छन्। ‘आफैं आयोजक बन्ने र आफैं उपहार ग्रहण गर्ने नैतिकताले नमिल्ने काम हो’, उनले भने, ‘आयोजकले पाहुनालाई उपहार दिने हो। आयोजक भएर म आफैं कसरी उपहार स्वीकार गर्न सक्छु ? ’

प्रधानमन्त्री केपी ओलीसँग व्यक्तिगत र विभागिय मन्त्रीका रुपमा आफ्नो सम्बन्ध निकै सुमधुर रहेको उनले खुलाए। ‘सम्बन्धमा फाटो ल्याउन केही तत्व लागि परेका हुन्। म खरो कुरा राख्ने स्वभावको भएकाले अन्य व्यक्ति र समूहलाई त्यति मन नपरेको हुन सक्छ’, उनले भने।

अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उदघाट्न सत्रमा पनि प्रधानमन्त्री ओली र आफूबीच निक्कै सौहाद्रपूर्ण वातावरणमा कुराकानी भएको उनले बताए।

भृकुटीमण्डपमा बिहीबारदेखि औद्योगिक ब्यापार मेला सुरु भएको छ। उनका अनुसार उदघाटनका निम्ति पुगेका प्रधानमन्त्री ओली तत्कालै अन्य विशेष कामका लागि निस्किनु पर्ने अवस्था आएको थियो।

‘विशेष कामका लागि निस्कनु पर्ने भएकाले उहाँले पानसमा बत्ती बालेर सानो मनतव्य दिएर फर्किने कुरा मसँग गर्नु भयो’, मन्त्री यादवले भने, ‘उहाँले बाँकी काम आफैं गर्नुहोला भनेर मलाई भन्नुभयो। रिबन काट्ने काम पनि उहाँले मलाई दिनुभयो।’

मन्त्री यादवका अनुसार प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने क्रममा आफूलाई इंगित गर्दै ‘रिबन काट्न कैची चलाउन जान्नुहुन्न’,भनेका थिए।

उनले भने, ‘कैची चलाउन जान्नुहुन्नको यर्थाथता म गडवड गर्न जान्दिन भनेर उहाँले भन्न खोज्नुभएको हो। तर, यसलाई पनि नकारात्मक रुपमा टिका९टिप्पणी गर्ने काम भयो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।