१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमाथि पञ्जाबको सहज जित, केएल राहुल भए घातक



अ+ अ-

काठमाडौँ । किङ्गस इलाभेन पञ्जाबले आईपीएलमा मुम्बई इण्डियन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । केएल राहुलसँगै शीर्ष क्रमको ब्याट्सम्यान चल्दा पञ्जाबले जित हात पारेको हो ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि केएल राहुलले क्रिस गेलसँग ५३ रनको साझेदारी गरे । गेल ४० रनमा आउट भए ।

राहुलसँग ६४ रनको साझेदारी गरेका मयांक अग्रवाल व्यक्तिगत ४३ रनमा आउट भए । राहुलले डेभिड मिलरसँग मिलेर खेल जिताए । उनी ७१ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसको पनि सुरुवात राम्रो थियो । रोहित शर्मा र क्विन्टन डिककले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । शर्मा ३२ रनमा आउट भए ।

सूर्यकुमार यादव ११ रनमा आउट भए । डिकक ३९ बलमा ६० रन बनाएर आउट भए ।

हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अरु ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।