१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाको आक्रोश: निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो



अ+ अ-

काठमाडौं। निर्वाचनमा पराजीत भएपछि राप्रपा अध्यक्षका प्रत्यासी कमल थापाले महाधिवेशनका निर्मल निबासको नाङ्गो हस्ताक्षप भएको आरोप लगाउनु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह प्रति आक्रोश ब्यक्त गर्दे थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु भन्नुभएको छ ।

सामाजिक संञ्जाल ट्विटर मार्फत थापाले राजसंस्था पून स्थापनाको एजेण्डा बाट आफूले राहत र उन्मुक्ति  पाएको भन्दै  पूर्ब राजलाई ब्यग्यात्मक बधाई दिनु भएको छ । उहाँले लेख्नुभएको छ –
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।

यसै गरी थापाले नबनिर्बाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिनुभएको छ । उहाँले लेख्नुभएको छ  प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।