२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनः पदाधिकारीमा को-को बने विजयी ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व राजेन्द्र लिङदेनले लिने भएका छन् । उनले कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा निर्वाचित भएका हुन् । 

यद्यपि, पदाधिकारीमा भने अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलबाट उठेका उनले २५२१ भोट ल्याए ।

यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा कमल थापा पक्षकी रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् ।

यस्तै महामन्त्रीमा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । उनले रेखा थापालाई पराजित गरेकी हुन् । 

राप्रपा पदाधिकारी 
अध्यक्ष
राजेन्द्र लिङ्देन

उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान

उपाध्यक्ष (महिला)
रोशन कार्की

महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही