१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनः पदाधिकारीमा को-को बने विजयी ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व राजेन्द्र लिङदेनले लिने भएका छन् । उनले कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा निर्वाचित भएका हुन् । 

यद्यपि, पदाधिकारीमा भने अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलबाट उठेका उनले २५२१ भोट ल्याए ।

यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा कमल थापा पक्षकी रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् ।

यस्तै महामन्त्रीमा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । उनले रेखा थापालाई पराजित गरेकी हुन् । 

राप्रपा पदाधिकारी 
अध्यक्ष
राजेन्द्र लिङ्देन

उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान

उपाध्यक्ष (महिला)
रोशन कार्की

महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही