१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुष्का शर्मा गर्भवती, ‘बेबीसावर’को तयारी



अ+ अ-

विराट कोहली र अनुष्का शर्माले सन् २०१७ मा डिसेम्बर ११ मा एक गोप्य विवाह गरेका थिए । दुबैले इटालीमा विवाह गरेका थिए ।

अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती छिन् र लामो समयदेखि यो कुरा लुकाइरहेकी छिन् । अनुष्का र विराट धेरैजसो सँगै देखिन्छन् किनभने उनीहरु लामो समयसम्म एक अर्काबाट टाढा बस्न चाहँदैनन् ।

आश्चर्य मान्नुपर्दैन, अनुष्काले अहिले कुनै पनि फिल्मको घोषणा गरेकी छैनन् । यसैबीच विराट कोहली बैंगलोरको टिमसँग आइपीएलमा खेलिरहेका छन् । अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ ।

विराट कोहली र अनुष्का शर्माको विवाह भएको लगभग दुई वर्ष भइसकेका छ । अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन् । एक भारतीय मिडियाको दाबी अनुसार यो जोडी अर्को महिना ‘बेबीसावर’को तयारीमा छन् । एजेन्सी