२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थान रोयल्सको पहिलो जित, गोपालको घातक बलिङ



अ+ अ-

काठमाडौं । लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ । यो सँगै बेंगलोरको अघिल्लो चरण कठिन बन्न थालेको छ ।

१ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३१ बलमा २ चौेका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । १६ ओभरको पहिलो बलमा स्टिम स्मिथ २३ रन बनाएको अवस्थामा युजवेन्द्र चाहलको बलमा उमेश यादवले बाउन्ड्री लाइन नजिकै सहज क्याच छाड्न पुगेका थिए ।

अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे । बेंगलोरले अन्त्यतिर फिल्डिङको क्रममा धेरै गल्ती गरेको थियो । बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।