१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखका छोरा आर्यनको बलिवुड डेभ्यु हुदै



अ+ अ-

मुम्बई । बलिवुडमा स्टारका छोरा छोरी लन्च हुने क्रम जारी रहेको छ । पछिल्लो पटक जान्ह्वी कपुर र सारा अली खानको सुखद बलिवुड डेभ्युपछि अब बलिवुडका किंग भनिने शाहरुख खानका छोरा आर्यन खानले बलिवुडमा डेभ्युको तयारी गरेका छन् ।

तर आर्यनले अभिनयबाट बलिवुड डेभ्यु भने गर्न लागेका हैनन् । फिल्मफेयरका अनुसार आर्यनले चर्चित फिल्म निर्देशक करण जोहरको फिल्म तख्तका लागि सहायक निर्देशनबाट बलिवुडमा काम सुरु गर्न थालेका हुन् ।

करण जोहरले निर्माण र निर्देशन गर्ने सो फिल्ममा आर्यनले करणको सहायक निर्देशकको भूमिका निभाउने भएका छन् ।

फिल्ममा रनबीर सिंह, करीना कपुर, विक्की कौशल, जन्द्वी कपुर अनिल कपुर, भुमि पेडनेकर लगायतका कलाकारको अभिनय हुने छ ।

शाहरुख खानले आफ्ना अन्तर्वार्तामा आफ्नो छोरा आर्यन फिल्ममा अभिनय भन्दा फिल्म मेकिंगमा बढी रुची राख्ने गरेको बताउदै आएका छन् । यसै कुरालाई पुष्टि गर्दै आर्यनले सहायक निर्देशकबाट आफ्नो बलिवुड क्यारियर सुरु गर्न लागेको बताइएको छ । यो फिल्मको अब छिट्टै नै सुटिंग हुने बताइएको छ ।

२१ बर्षिय आर्यनले हालै अमेरिकाको क्यालिफोर्नियाबाट फिल्म मेकिंगसमबन्धि अध्ययन पुरा गरेका छन् ।