१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादद्वारा दिल्ली क्यापिटल्स पराजित, सन्दीपले चट्काए विकेट



अ+ अ-

काठमाडौं । १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) मा हैदराबादले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हैदराबादका ओपनर जाँनी वयरस्टोको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको हो । दिल्लीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको न्यून स्कोर बनाएको थियोे । दिल्ली दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १८ दशमलव ३ ओभरमा ५ विकेको क्षतिमा १ सय ३१ रन जोड्दै लक्ष्य भेटाएको थियोे ।

हैदराबादको जितमा ओपनर जानी वयसट्रोले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमा ९ चौका र एक छक्काको मद्दतले ४८ रनको योगदान दिदा अर्का ओपन डेविड वार्नरले १० रन, बिजय शंकरले १६ रन जोड्दा मनिष पाण्डे र दिपक हुड्डाले समान १० र १० रन जोडेका थिए ।

त्यस्तै युशुफ पठानले नटआउट ९ रन जोड्दा मोहम्मद नाभिदले नटआउट १७ रन जोड्दा रबाडाको बलमा छक्का हिर्काउदै जित दिलाएका थिए । बलिङतर्फ लगातार तेस्रो खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो स्पेलको अन्तिम ओभरको अन्तिम बलमा विकेट चट्काउन सफल भएका थिए ।

बिहीबार आईपिएलमा भएको एकमात्र खेलमा सनराइजर्स हैदरावादविरुद्ध मध्यम खालको प्रर्दशन गरेका सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट चट्काएका थिए ।

मध्यम स्तरको लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले ।

अन्तिम बलमा १ रन खर्चिएका थिए । तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।

९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकरले १ रन लिए । पाँचौ बल मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन लिएका थिए । सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिदै १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट क्याच आउट गराएका थिए ।

दिल्लीका लागि अक्षर पटेल, कागिसो रबाडा, राहुल तेबतिया र ईशान्त शर्माले समान एक एक विकेट प्राप्त गरे । यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा १ सय २९ रन बनाएको थियोे । दिल्लीका लागि कप्तान स्रेयश अय्यरले ४१ बलमा ३ चौका १ छक्काको मद्दतले सर्वाधिक ४३ रनको योगदान दिँदा एआर पटेलले २३ रन, कृष मोरिसले १७ रन, ओपनर पृथ्वी शास्ले ११ रन अर्का ओपनर शेखर धवनले १२ रन, ऋषभ पन्त, राहुल तेबतिया र इङ्ग्रामले ५््५ रन जोड्दा कागिसो रबाडाले ३ रन बनाए भने इशान्त शर्मा शून्यमा आउट भएका थिए ।

बलिङतर्फ सनराइजर्स हैदराबादका कप्तान भुबनेश्वर कुमार, मोहम्मद नाभिद र सिद्धार्थ कौलले समान ३्३ विकेट चट्काउदा राशिद खान र सन्दीप शर्माले एक एक विकेट प्राप्त गरेका थिए । बिहीबार भएको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै हैदराबाद गरेका जाँनी वयरस्टोले प्लेयर अफ द म्याच घोषित भएका थिए । शुक्रबार कलकत्ता र बेङग्लोरका बिच खेल हुनेछ ।