१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेट एयरलाइन्सका १६ हजार कर्मचारी तलबविहीन बन्दै



अ+ अ-

काठमाडौं । ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ ।

नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’जेट एयरवेजका अधिकारी राहुल तनेजाले भनेका छन्, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ ।

यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ । यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । हामी लगातार यसलाई ठिक गर्ने प्रयासमा लागिपरेका छौँ । वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।’ यो समाचार आजको कारोबार दैनिकमा छ ।