१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

करारमा कर्मचारी भर्ना गर्न नपाउने



अ+ अ-

काठमाडौं । करारमा जथाभावी कर्मचारी भर्ना र बढुवा गर्ने अभ्यासमा अंकुश लागेको छ। सुरक्षा निकाय र संगठित संस्थाले गर्दै आएका यस्तो अभ्यास अन्त्य भएको छ।

संविधानले लिखित परीक्षा लिँदा, बढुवा, विभागीय कारबाही गर्दा लोकसेवा आयोगको परामर्श लिनैपर्ने बाध्यकारी व्यवस्था राखेपछि करारमा नियुक्ति गरी सीमित प्रतिस्पर्धा गराउने अभ्यास रोकिएको हो।

नयाँ व्यवस्थाअनुसार सुरक्षा निकाय र संगठित संस्थाले लोकसेवा आयोगसँग परामर्श लिएका छन्। ०७४्७५ मा २१ र ०७५्७६ मा ४१ संगठित संस्थालाई परामर्श दिएको आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माले जानकारी दिए।

राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, गृहमन्त्रालयअन्तर्गतको नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, सैनिक हवाइ सेवा नियमावली, राष्ट्रिय बीमा कम्पनी, नेपाल आयल निगम, मानव अधिकार सेवा ऐन, नगर विकास कोष, राष्ट्रिय प्रसारण ग्रिड, कानुन किताब व्यवस्था समिति, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कर्मचारी प्रशिक्षण प्रतिष्ठान, भानु जन्मस्थल विकास समिति, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आयोगसँग परामर्श लिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।