१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई प्रश्नपत्र चोर्ने प्रहरीबारे बाहिरियो यस्तो खबर, यसकारण गरे प्रश्नपत्र आउट



अ+ अ-

राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्नेगरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै एसईई परीक्षाको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिर ल्याउने कार्य इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहामा कार्यरत दुई जना प्रहरी नै पहिलो दोषी रहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरीहरू राजविराज १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र कञ्चनरुप ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डलले परीक्षाअगावै लिक गरेको सीआईबीको अनुसन्धानमा खुलेको हो। घटनामा संलग्न यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले दोषी प्रहरी भएकाले उनलाई अन्य व्यक्तिलाई हुने सजाय बाहेक प्रहरी ऐन बमोजिम समेत कारबाही हुने बताए।

प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरूलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र लिक गर्ने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुगेको सीआईबीले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।