१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

सीडीएमए नेटवर्क औपचारिक रुपमै बन्द हुने

सीडीएमए नेटवर्क औपचारिक रुपमै बन्द हुने
अ अ+ अ-

काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।

समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको हो।’ यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको अर्याल बताउँछन्।

अर्यालका अनुसार ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा हाल नेपाल टेलिकमको मात्र छ। टेलिकमले सीडीएमए सेवा विस्तार गर्न ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएको छ। यसैबीच गत माघ २९ गते रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैंठकले टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको थियो। तर, अहिले प्रयोगमा रहेको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने सर्तमा यो उपलब्ध गराएको हो। टेलिकमले देशभर थ्रीजी र फोरजी सेवा विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्ने भनिएको छ। सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो।

सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो।

टेलिकमका साथै यसअघि यो मेगाहर्जमा सीडीएम सेवा युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल०ले पनि उपलब्ध गराउँदै आएको थियो। कम्पनी नै धरासायी अवस्थामा रहेको यूटीएलको कुनै पनि सेवा सञ्चालनमा नरहेकाले त्यसको सेवा बन्द भइसकेको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको तथ्यांकअनुसार टेलिकमको सीडीएमए मोबाइल फोनका प्रयोगकर्ता १६ लाख १९ हजारभन्दा बढी छन्। अघिल्लो माघमा १५ लाख ४७ हजारभन्दा बढी सीडीएमए ग्राहक रहेकोमा एक वर्षको अवधिमा झन्डै एक लाख ग्राहक बढेका छन्।

एक वर्षको अवधिमा एक लाख हाराहारीमा ग्राहक वृद्धि भइरहेको सेवालाई बन्द गर्दा असर पर्दैन रु भन्ने प्रश्नमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘यो सेवामा ग्राहक विस्तारै घट्दै गएका छन्। जीएसएमको बढ्दो प्रयोगले पुरानो प्रविधि सीडीएमएमा ग्राहक घट्दै गएको अवस्था छ।’ सीडीएमए सेवा बन्द गर्ने भनी अहिलेसम्म टेलिकमले कुनै निर्णय गरेको छैन। निर्णय नभए पनि ग्राहक संख्या घट्दै गएको अवस्थामा यसलाई बन्द गर्ने हो।

‘सीडीएमए पुरानो प्रविधि भएकाले विस्तारै यसको प्रयोगमा कमी आएको छ’, अर्यालले भने, ‘नयाँ प्रविधि भित्रिरहेका छन्। नयाँ प्रविधिलाई स्थान दिन पनि सीडीएमएलाई प्रतिस्थापन गर्नुपर्ने भएको हो।’ विश्वमा पनि सीडीएमए टेक्नोलोजी विस्तारै फेजआउट हुँदै गएको छ। एलटीई, फोरजी फाइभजीलगायत नयाँ टेक्नोलोजी भित्रिरहँदा पुरानो प्रविधिको सीडीएमए बन्दै हुँदै जानु स्वभाविक भएको अर्याल बताउँछन्।

अर्यालका अनुसार प्रविधि भनेको त्यसको लागत, क्षमता, विकाससँग जोडिएर आउने विषयमा हो। त्यसैले पनि यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ। ‘जसरी टूजी, थ्रीजी, फोरजी हुँदै अहिले फाइभजीको कुरा आएको छ’, अर्यालले भने, ‘त्यसरी नै सीडीएमएबाट जीएसएम हुँदै अहिले एलटीईसम्म पुगेको छ। जीएसएममा पनि नयाँ प्रविधिको विकास भएकाले यसको प्रयोगमा ठूलो वृद्धि भएको हो, जसले सीडीएमएलाई विस्थापित गर्दै गएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।