१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाद्धारा एट्लेटिको मड्रिड पराजित, चम्किए मेस्सी र स्वारेज



अ+ अ-

काठमाडौं । ला लिगा अन्तर्गत आइतबार बिहान बार्सिलोना र एट्लेटिको मड्रिडबीच भएको खेलमा बार्सिलोनाले २-० को जित निकालेको छ ।

गोल रहित बितेको पहिलो हाफमा एट्लेटिको पनि बलियो प्रर्दशन रहेको थियो । दोस्रो हाफमा बार्सिलोनाले एट्लेटिकोमाथि २ गोल गरेपछि एट्लेटिकोले हार व्यहोरेको हो ।


घरेलु मैदानमा पाहुना टोली एटलेटिकोमाथि जित निकाल्न खेलको ८५ मिनेटमा लुइस सुअरेजले गोल गरेका थिए त्यस्को एक मिनेट नबित्दै लियोनेल मेस्सीले बार्सिलोनाका लागि दोस्रो गोल गरे । यो सँगै बार्सिलोनाले २-० को जित निकालेको हो ।

स्वारेजले अग्रता लिन सकेपछि मेस्सीले सोही समयमा चालु गोल गरेपछि एटलेटिको २ गोलान्तरले पराजित हुन पुग्यो , योसँगै ३१ खेल खेलेको बार्सिलोना ७३ अंक सहित पहिलो स्थानमा छ भने बराबरी खेल खेलेको एट्लेटिको ६२ अंक सहित दोस्रो स्थानमा छ ।