१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताको काल बन्यो रुख



अ+ अ-

बागलुङ । रुखले च्यापेर निसीखोला गाउँपालिकाका नेपाली कांग्रेसका एक स्थानीय नेताको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका ६ निवासी नेपाली कांग्रेस निसीका निवर्तमान उप–सभापति ३५ वर्षीय हिमबहादुर घर्तीको गाउँमै रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीरु घाइते भएका थिए।

बिहीबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्टरमार्फत् पोखरा गण्डकी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय हेम सापकोटाले जानकारी दिए।

मृतक घर्तीको शवलाई एम्बुलेन्समार्फत् आफ्नै गाउँ निसीमा ल्याएर शनिबार अन्येष्टि गरिएको छ। घर्तीको पार्थिव शरीरमा संघीय सांसद ज्ञानकुमारी छन्त्याल र नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवरले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। अन्नपुर्ण पोष्टमा खबर छ ।