१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ कलेजका ३९१ विद्यार्थीले परीक्षा दिन नपाउने



अ+ अ-

काठमाडौं । पोखरा विश्वविद्यालय र निजी क्याम्पसहरूको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका छन्। विश्वविद्यालय र कलेजले फरक फरक मापदण्डका आधारमा विद्यार्थी भर्ना गरेपछि ३९१ जनाले रजिस्ट्रेसन नम्बर पाएका छैनन्।

रजिस्ट्रेसन कायम नभए विद्यार्थीले परीक्षा दिन पाउँदैनन्। विश्वविद्यालयले सम्बन्धन दिएका ४२ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थीले परीक्षा नि नपाउने भएका हुन्।

विश्वविद्यालयको पछिल्लो प्राज्ञ परिषद् बैठकले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन। उक्त संकायमा भर्ना हुन विश्वविद्यालयले प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड बनाएको थियो तर कलेजहरूले ग्रेडसिटमा कुल ‘सी’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।