१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कसरी बढ्यो इन्टरनेटको गती २० गुणा ?

कसरी बढ्यो इन्टरनेटको गती २० गुणा ?
अ अ+ अ-

काठमाडौं । दक्षिण कोरिया र अमेरिकाले यसै हप्ता संसारको पहिलो व्यवसायिका फाइभ–जी सेवा सुरु गरेका छन् ।

दक्षिण कोरियामा मोबाइल सेवा प्रदायक तीन कम्पनी र अमेरिकाको शिकागोसमेत दुई शहरका केही भागमा यो सेवा सुरु भएको हो ।

यो सेवा सुरु भएको जानकारी दिँदै यसले स्मार्टफोनको प्रयोग गर्नेहरुको क्षमतामा विशेष वृद्धि हुने जानकारी दिइएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एसटेन फाइभ–जी स्मार्टफोन अहिलेका फोनको तुलनामा २० गुणा बढी गतीको हुने दाबी गरेको छ । यसको बिक्री शुक्रबारबाट सुरु भएको छ ।

अहिले थुप्रै देशबीच फाइभजी नेटवर्क बनाउनका लागि होडबाजी चलिरहेको छ जुन भविष्यको प्रविधीका लागि निकै महत्वपूर्ण हुनेछ । उदाहरणका लागि चालकविहिन कार तयार गर्नमा यो उपयोगी साबित हुनेछ ।

यी देश नेटवर्कसँग सम्बन्धित समस्याको हल गर्नका लागि पनि काम गरिरहेका छन् ।

फाइभजी के हो ?

फाइभजी, मोबाइल इन्टरनेट कनेक्टिभीटी प्रविधीको पाँचौँ पीढि हो । यो तीब्र गतिको हुनेछ र इन्टरनेटमार्फत् गर्नुपर्ने कुनै पनि काम निकै कम समयमा सिद्धाउन सकिन्छ ।

फाइभजीले व्यापक ‘कभरेज’ र स्थिर नेटवर्क कायम रहने बचन दिएको छ ।

इखगm त्ःत् क्ष्लतभििष्नभलअभका टेलिभिजन र इन्टरटेन्मेन्ट विश्लेषक एड बार्टनले आजको समयमा फोरजीबाट फाइभजीसम्मकमो यात्रा निकै महत्वपूर्ण साबित हुने बताएका छन् ।

उनका अनुसार वानजी नेटवर्कले आवाजलाई सक्षम बनायो, टुजीले टेक्स्ट ९मेसेज० लाई, थ्रीजीले तस्बिरलाई र फोरजीले भिडियो सेयरका लागि सक्षम बनाएको छ ।

उनी भन्छन्, ‘फोरजीबाट फाइभजी एउटा यस्तो छलाङ हुने हामीले आशा गरिरहेका छौं जुन यसअघि कहिले भएको थिएन ।’

र यो छलाङको पहिलो फाइदा भनेको पूरा नेटवर्कमा विशाल डाटालाई ट्रान्सफर ९स्थानान्तरण० हुनु हो । फाइभजीको अर्थ यो हो कि धेरैभन्दा धेरै उपकरणलाई उत्कृष्ट स्पिडसहित नेटवर्कमा जोड्न सकिनेछ ।

टेक्नोलोजी कन्सल्टेन्सी आइडीसी एशिया प्यासिफिकमा वरिष्ठ अनुसन्धान प्रबन्धक निखिल बत्राका अनुसार अहिलेको फोरजीको तुलनामा फाइभजीको गती १० गुणा बढी हुनेछ ।

यद्यपी, सामसङले भने आफ्नो फाइभजी फोन २० गुणा बढी गतीको हुने दाबी गरेको छ ।

फाइभजीका कस्ता फाइदा छन् ?

सुरुमा फाइभजी उच्च गुणवत्ता (हाई क्वालिटी) का सामग्री प्रसारण गर्न सक्षम हुनेछ । लाइभ स्पोर्टस् र क्लाउड गेमिङमा रुची राख्ने दर्शकका लागि यो एक उत्कृष्ट अनुभव प्रमाणित हुनेछ ।

बार्टन भन्छन्, ‘फाइभजीबाट म्यापिङ एप्स र किनमेलको अनुभव उत्कृष्ट हुने । यो ड्राइभरबिनाको कारका लागि निकै महत्वपूर्ण साबित हुनेछन् ।’

यसबाहेक टाढाबाट सर्जरी र होलोग्राफिक भिडियो कल्सलाई पनि उत्कृष्ट बनाउनमा भूमिका खेल्नेछ ।

कहाँ उपलब्ध छन् ?

संसारभरी फाइभजीको परीक्षण निकै अघिदेखि भइरहेको थिया तर यसको व्यवसायिक उपयोग अहिले मात्र सुरु भयो ।

यो हप्ता दक्षिण कोरियाका तीन शीर्ष मोबाइल सेवा प्रदायक कम्पनीले फाइभजीसेवा सुरु गरेको छ ।

जबकी यसै हप्ता अमेरिकाको टेल्को वेरिजोनले पनि दुई शहरमा यो सेवा सुरु गरेको छ ।

सामसङ इलेक्ट्रोनिक्स र आइटी एण्ड मोबाइल कम्युनिकेशनका अध्यक्ष डिजे कोहले अविश्वसनीय गतीको फाइभजी केनक्टिभीटी भएको एउटा नयाँ युगको सुरुवात भइसकेको बताएका छन् ।

सुरक्षाको विषयमा कस्ता चिन्ता छन् ?

फाइभजीको आधारभूत संरचनाको केन्द्रमा सुरक्षा एउटा ठूलो चिन्ताको विषय बनेको छ जसमा चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेको नाम पनि आउँछ ।

ह्वावे टेलिकम उपकरण बनाउने संसारकै सबैभन्दा ठूलो कम्पनी हो । यसको प्रविधीलाई जासुसीका लागि प्रयोग गर्न सकिने भएकाले यो कम्पनीको विदेशी सरकारले पनि आलोचना गर्दै आएको छ ।

अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डले स्थानीय कम्पनीलाई फाइभजीका लागि ह्वावेका उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । बिबिसी