६ आश्विन २०८१, आईतवार
,
Latest
एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतासंग गाउँ गाउँमा सांसद



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को चैत ११ गते बसेको संसदीय दलको बैठकले पार्टीका सांसदलाई आ–आफ्नो क्षेत्रमा गएर आगामी बजेटमा राख्नुपर्ने योजनाको छनोट गर्न निर्देशन दिएको थियो । साथै सरकारले गरेका कामको जानकारी जनतालाई गराउन पनि पार्टीले निर्देशन दिएको थियो ।

सोही अनुसार अहिले सांसदहरू कोही आफ्नो क्षेत्रमा छन् भने कोही जाने क्रममा छन् । चैत १० गते हिउँदे अधिवेशन सकिएपछि सांसदहरू आफ्ना निर्वाचन क्षेत्रमा गएर जनतासँग राय सुझाव लिँदा अधिकांशले विकास निर्माणसँग सम्बन्धित सुझाव दिएका छन् । सडक, यातायात, नदी नियन्त्रण, बिजुली, खानेपानी, सिँचाइलगायतका मागहरू रहेको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।