१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : कोलकत्ता शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थान उक्लिएको हो ।

एक सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकत्ताले १३.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कोलकत्ताको जितमा क्रिस लिनले ५०, ओपनर सुनिल नारायणले ४७ रन र रोबिन उथप्पाले २६ रन बनाए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए ।

यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले अविजित ७३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ओपनर जस बटलरले ३७ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् ।

बलिङमा कोलकत्ताका ह्यारी गर्नीले दुई र प्रसिद्ध कृष्णाले एक विकेट लिए । यस जितसँगै शीर्ष स्थान कब्जा गरेको कोलकत्ताले आठ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सको पनि आठ अंक छ ।