१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्टोमाथि लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित हात पारेको छ । लिभरपुलले मंगलबार राति घरेलु मैदानमा पोर्टोलाई २–० गोलले हराउँदै जित हात पारेको हो ।

लिभरपुलको जितमा नावी केइटा र रोवर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा गरेको लिभरपुलले पाँचौ मिनेटमा केइटाको गोलमा खाता खोलेको थियो । केइटाले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका थिए । रोबर्टोले २६ औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लगातार गोल गर्ने मौका बनाए पनि लिभरपुल सफल हुन सकेन । पोर्टोले पनि केही राम्रा मौका गुमाएका थिए ।