२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्टोमाथि लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित हात पारेको छ । लिभरपुलले मंगलबार राति घरेलु मैदानमा पोर्टोलाई २–० गोलले हराउँदै जित हात पारेको हो ।

लिभरपुलको जितमा नावी केइटा र रोवर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा गरेको लिभरपुलले पाँचौ मिनेटमा केइटाको गोलमा खाता खोलेको थियो । केइटाले रोबर्टो फिर्मिनोको पासमा गोल गरेका थिए । रोबर्टोले २६ औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लगातार गोल गर्ने मौका बनाए पनि लिभरपुल सफल हुन सकेन । पोर्टोले पनि केही राम्रा मौका गुमाएका थिए ।