• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

अस्ट्रेलियामा ट्रेड युनियनको र्‍याली, ५० हजार सहभागी



मेलबर्न ।अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले बुधबार विहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्‍याली प्रदर्शन गरिएको छ । तलब र भत्तामा वृद्धि हुनुपर्ने माग गर्दै सुरु भएको र्‍यालीमा ५० हजार जनाको सहभागिता रहेको एसबीएसले उल्लेख गरेको छ ।

बिहान १०ः ३० बजे सुरु भएको उक्त र्‍यालीका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएको थियो ।

र्‍यालीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजलगायत वाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो ।

कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनु पर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्‍यालीमा भाग लिएका थिए।

अस्ट्रेलियाका विभिन्न युनियनहरूका अनुसार, लिबरल र नेस्नल पार्टीको गठबन्धन सरकारमा आएपछि अस्ट्रेलियनहरुको जीवनस्तरमा ३० वर्ष यताकै सबैभन्दा बढी गिरावट भएको छ।
र्‍याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भइ सप्रिंग स्ट्रिटस्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो ।