६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले नागरिकताको अभावमा समस्या भोग्नु परेपछि जन्मसिद्धका आधारमा दिन परिपत्र गरेँ : गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनताले नागरिकताको अभावमा समस्या भोग्नु परेपछि समाधानका लागि सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको बताएका छन्

उनले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशलाई मुख्य आधार मानेर नै जन्मसिद्धका आधारमा नागरिकता पाएकाका बाबुआमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको बताए ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले जनता समस्यामा परेकाले पनि आफूहरूले नागरिकता वितरणमा देखिएको समस्या समाधान गर्न परिपत्र गरेकोे बताए ।

गृह मन्त्रालयले गत चैत १९ गते जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

उनले २०६८ सालदेखि २०७० सालसम्म परिपत्रकै आधारमा जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिएकोतर्फ समितिका सदस्यहरूको ध्यानाकर्षण गराए।

समितिका सदस्य नवराज सिलवालले संघीय संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै बेला हतारमा नागरिकता वितरणसम्बन्धी परिपत्र गरेको भन्दै गृह मन्त्रालयको आलोचना गरे।

सर्वोच्च अदालतले पनि जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्ननगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ।