१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

जनताले नागरिकताको अभावमा समस्या भोग्नु परेपछि जन्मसिद्धका आधारमा दिन परिपत्र गरेँ : गृहमन्त्री

जनताले नागरिकताको अभावमा समस्या भोग्नु परेपछि जन्मसिद्धका आधारमा दिन परिपत्र गरेँ : गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनताले नागरिकताको अभावमा समस्या भोग्नु परेपछि समाधानका लागि सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको बताएका छन्

उनले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशलाई मुख्य आधार मानेर नै जन्मसिद्धका आधारमा नागरिकता पाएकाका बाबुआमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्लामा परिपत्र गरिएको बताए ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले जनता समस्यामा परेकाले पनि आफूहरूले नागरिकता वितरणमा देखिएको समस्या समाधान गर्न परिपत्र गरेकोे बताए ।

गृह मन्त्रालयले गत चैत १९ गते जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।

उनले २०६८ सालदेखि २०७० सालसम्म परिपत्रकै आधारमा जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिएकोतर्फ समितिका सदस्यहरूको ध्यानाकर्षण गराए।

समितिका सदस्य नवराज सिलवालले संघीय संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै बेला हतारमा नागरिकता वितरणसम्बन्धी परिपत्र गरेको भन्दै गृह मन्त्रालयको आलोचना गरे।

सर्वोच्च अदालतले पनि जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्ननगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ।