२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः मुम्बइकाे राेमान्चक जीत, पाेलार्डकाे धुवाँधार ब्याटिङ, राहुलकाे शतक खेर गयाे



अ+ अ-


मुम्बईः मुम्बइ इन्डियन्सका किराेन पाेलार्डकाे धुँवाधार ब्याटिङकाे मद्दतले मुम्बइले किंग्स इलाभेन पन्जाबलाइ ३ विकेटले पराजित गरेकाे छ ।

भारतमा जारी आइपिएल २०१९ अन्तर्गत बुधबार रातिको राेमान्चक खेलमा कप्तानी पारी खेल्दै पाेलार्डले ३१ बलमा ८३ रन बनाएका थिए । उनले १० छक्का र ३ चाैका प्रहार गरेका थिए । तर जितका लागि ४ रन बाँकी रहँदा पाेलार्ड अाउट भएका थिए ।

अन्त्यमा १ बलमा २ रन बनाउनुपर्ने अवस्था सिर्जना भएकाे थियाे । तर अन्तिमका ब्याट्सम्यानले दाैडेर उक्त रन बनाएका थिए ।

यसअघि किंग्स इलाभेन पन्जाबले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले ४ विकेट गुमाएर १९७ रन बनाएको थियाे ।
पन्जाबका लागि प्रारम्भिक ब्याट्सम्यान के एल राहुलले अविजित १०० रन बनाएका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले पनि ३६ बलमा ६३ रन बनाए । गेलले ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।

राहुलले भने ६ छक्का र ६ चौका प्रहार गरेका थिए । राहुलले यस सिरिजमा पहिलो सतक बनाउने क्रममा ६४ बलको सामना गरेका थिए ।

नियमित कप्तान रोहित शर्मा चाेटका कारण मैदानमा थिएनन् । उनकाे बदलामा किराेन पाेलार्डले टिमकाे कप्तानी गरेका थिए ।

लगातार तीन खेल जितेकाे मुम्बइ ८ अंकका साथ तेस्राे स्थानमा उक्लेकाे छ ।

अंक तालिकाः

१. सीएसके (१० अंक)

२. केकेअार (८ अंक)

३. मुम्बइ (८ अंक)

४. पन्जाब (८ अंक)

५. सनराइजर्स (६ अंक)

६. दिल्ली क्यापिटल्स (६ अंक)

७. राजस्थान राेयल्स (२ अंक)

८. अारसीबी (० अंक)

बिहीबारकाे खेलः

सीएसके विरूद्ध राजस्थान राेयल्स (जयपुर, समयः साँझ ८ बजे)