६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको मुख्यालय नेता-कार्यकर्ता जानै छोडे, बालुवाटारबाट चल्छ पार्टी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ ।

पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् ।

पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् ।

सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नु पर्ने अडान लिएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएका थिए । त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक बसेको छैन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।