२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर बन्यो प्रहरी क्याम्प , डाक्टरले आँगनमै जाँचे बिरामी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ ।

तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ ।

डाक्टर आन्दोलनको प्रभावका आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अवस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारी चिकित्सक संघ ९गोदान० को अगुवाइमा अस्पतालको ओपिडी र अप्रेसन सेवा ठप्प पारिएको छ । सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा दैनिक ४० हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ।




भर्खरै