
काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने सेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ०.५९ अंकले घटेर ११८४.०२ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.०५ प्रतिशतले तल झरेको हो । १७० कम्पनीको ३९ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख ५१ हजार २४१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता सेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए ।
कारोबार रकममा कुमारी बैंकले अग्रता लिएको छ । कुमारीको ३ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र एनआइसी एसिया बैंक परेका छन् ।









