१७ कार्तिक २०८१, शनिबार
,
Latest
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान फेरिँदै देउसीभैलोको स्वरूप कार्तिक शुक्ल प्रतिपदाः विधिपूर्वक गरियो गाई पूजा बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन् मुम्बई टेस्टः भारत पहिलो इनिङ्समा २६३ रनमा अलआउट तिहारमा ढाकाटोपीको व्यापार बढ्दो छः व्यापारी नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछः सुनिता डंगोल भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम राख्न वार्षिक एक करोड नयाँ… उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु) सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना



अ+ अ-

काठमाडौं । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ। लोडसेड्रिका बेला २० घण्टाभन्दा बढी विद्यूत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’ भेटिएको हो।

छानबिन गरी झन्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा ‘बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ अर्ब २९ करोड ३८ लाख ६१ हजार ४सय ८ रुपैयाँ हुने’ भनी उल्लेख छ।

प्रािधिकरणका सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा गठित समितिले आठ क्षेत्रीय कार्यालयमध्ये सबैबाट यसरी उठ्नुपर्ने रकम चुहावटभएको निष्कर्ष निकालेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालय स्रोतले भन्यो, ‘२०७५ चैत मसान्तसम्मकै हिसाब निकाल्दा अनियमितताको ग्राफ अझै बढ्नसक्छ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।