२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती गोल पाएपछि आर्सनल बिजयी



अ+ अ-

काठमाडौं । युइएफए युरोपा लिग फुटबलअन्तर्गत आर्सनलद्वारा नेपोली पराजित भएको छ । लिग क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले घरेलु मैदान इमिरेट्समा इटालियन क्लब नेपोलीलाई २-० ले पराजित गरेको हो ।

बिहीबार राति भएको खेलमा आर्सनलको जितमा आरोन राम्सीले एक गोल गरे । अर्को आत्मघाती गोल पाएपछि आर्सनलले २ गोलान्तरको जित निकालेको हो ।

खेलको १५औं मिनेटमा आरोन राम्सीको गोलबाट अग्रता बनाएको आर्सनलले २५औं मिनेटमा लुकास टोरेराको बक्स बाहिरको प्रहार कलिडोउ कोउलीबालीलाई छुँदै गोल भएपछि नेपोलीले आत्मघाती गोल खाएको हो । दोस्रो हाफ भने गोल रहित बराबरीमा रहेको थियो । पहिलो हाफको गोल नै निर्णायक भइसकेपछि आर्सनलको जित भयो ।

दोस्रो लेग नेपोलीको मैदानमा १९ अप्रिलमा हुनेछ । लिग अन्तर्गत कै अर्को खेलमा विलालेरियलमाथि भेलेन्सियलाले ३१ को जित हात पारेको छ ।