२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगमा आर्सनल र चेल्सी विजयी



अ+ अ-

काठमाडौं । इङ्लिस क्लब आर्सनल र चेल्सीले युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा सुखद नतिजा निकालेका छन् । बिहिबार राति भएको खेलमा आर्सनलले इटालियन सिरि ‘ए’ क्लब नापोलीलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले चेक टोली स्लाभिया प्रागमाथि १–० गोलको कठिन जित हात पार्यो ।

आर्सनलको जितमा एरोन राम्सेले एक गोल गरे । आर्सनलले अर्को गोल आत्मघाती उपहार पाएको थियो । राम्सेले १५औ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २५औं मिनेटमा बल बचाउने क्रममा नापोलीका कालीडौं कोउलीबालीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

यसैगरी चेल्सीको जितमा मार्कोस अलोन्सोले निर्णायक गोल गरे । मार्कोसले ८६औं मिनेटमा गोल गरेका थिए । प्रागको घरेलु मैदानमा चेल्सीलाई जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो ।

युरोपा लिग फुटबलकै अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई ३–१ तथा बेन्फिकाले इन्ट्राच फ्राङ्कफर्टलाई ४–२ गोलले हरायो । क्वार्टरफाइनलको दोस्रो लेग अर्को साता हुनेछ ।




भर्खरै