१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगमा आर्सनल र चेल्सी विजयी



अ+ अ-

काठमाडौं । इङ्लिस क्लब आर्सनल र चेल्सीले युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा सुखद नतिजा निकालेका छन् । बिहिबार राति भएको खेलमा आर्सनलले इटालियन सिरि ‘ए’ क्लब नापोलीलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले चेक टोली स्लाभिया प्रागमाथि १–० गोलको कठिन जित हात पार्यो ।

आर्सनलको जितमा एरोन राम्सेले एक गोल गरे । आर्सनलले अर्को गोल आत्मघाती उपहार पाएको थियो । राम्सेले १५औ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २५औं मिनेटमा बल बचाउने क्रममा नापोलीका कालीडौं कोउलीबालीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

यसैगरी चेल्सीको जितमा मार्कोस अलोन्सोले निर्णायक गोल गरे । मार्कोसले ८६औं मिनेटमा गोल गरेका थिए । प्रागको घरेलु मैदानमा चेल्सीलाई जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो ।

युरोपा लिग फुटबलकै अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई ३–१ तथा बेन्फिकाले इन्ट्राच फ्राङ्कफर्टलाई ४–२ गोलले हरायो । क्वार्टरफाइनलको दोस्रो लेग अर्को साता हुनेछ ।