९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ को आयोजना हुने

‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ को आयोजना हुने
अ अ+ अ-

काठमाडौँ । बाह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफाइ अभियान सञ्चालन गरिने भएको छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ आयोजना गर्न लागिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाइ अभियान गर्न लागिएको जानकारी दिइयो ।

सो अभियानले सगरमाथाबाट करिब १० हजार टन फोहर सङ्कलन गरिने आयोजकले जनाएको छ । यस पटकको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा रहेका शवको पनि व्यवस्थापन गर्न प्रयास गरिनेछ । सङ्कलित फोहर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) का दिन सोलुखुम्बुको नाम्चेमा प्रदर्शन गर्ने र तत्पश्चात व्यवस्थापन गर्न सकिने फोहरलाई नाम्चेमै व्यवस्थापन गरिनेछ ।

प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ ।

अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने छ । उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण सङ्घले रु २० लाख सहयोग गर्ने जनाएका छन् ।

पर्यटन बोर्ड, विभागलगायत अन्य निकायले अभियानका लागि सहयोग गर्नेछन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ४५ दिनको सफाइ अभियानमा १४ जना सहभागी हुनेछन् । ६ जना आधार शिविरमा रहनेछन् भने बाँकी आठ जनाले सगरमाथाको चुचुरो नजिक अर्थात् ‘साउथ पोल’सम्म पुगेर फोहर जम्मा गर्नेछन् ।

‘साउथ पोल’मा करिब १५ दिन सफाई चल्ने छ । ‘साउथ पोल’बाट दुई हजार र क्याम्प तीनबाट तीन हजार किलो फोहर जम्मा गर्ने लक्ष्य लिइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा सफाइ अभियान निकै चुनौतिपूर्ण काम भएपनि यसलाई सफलताका साथ सम्पन्न गर्न अन्तरनिकाय समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सगरमाथाको फोहोरसम्बन्धी गलत सन्देश विश्व बजारमा गइरहेकाले त्यस्तो भ्रम चिर्दै भएका फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सफाइ अभियान शुरु गरिएको र यसलाई आगामी वर्षमा निरन्तरता दिइने बताए ।

विदेशी सञ्चार माध्यमले प्रचार गरेजस्तो सगरमाथामा धेरै शव नभएको र साउथ पोलमा दुई देखि तीन मात्र शव भएको सगरमाथा प्रदूषण समितिले स्पष्ट पारेको छ ।

शव भेटिएको खण्डमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुन्छ । समितिका अध्यक्ष शेर्पाले आठ हजार मिटरबाट शव आधार शिविरसम्म ल्याउन कम्तीमा आठ जनाको जनशक्ति चाहिन्छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा क्षेत्रमा कति शव छन् भनेर यकीन विवरण नभएपनि सफाइ अभियानका क्रममा भेटिएका शव मौसमले साथ दिएमा व्यवस्थापन गरिने बताए ।

जलवायु परिवर्तनको जोखिमबाट सगरमाथासहितका हिमाल संरक्षणमा सबै जुट्नुपर्छ भन्ने सन्देशसहित सफाइ अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन लागिएको उनले जानकारी दिए ।

अभियानमा साथ दिएको नेपाली सेनाका सेनानी दीपेन्द्र न्यौपानेले अभियानलाई प्रभावकारी बनाउन चिकित्सकसहितको टोली र हेलिकप्टर तम्तयार अवस्थामा रहने बताए ।