६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम बिस्फोट, १६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तको भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय पुलिसका अनुसार शिया समुदायलाई लक्षित गरेर राजधानी क्वेटाको हजारगञ्ज इलाकामा बिहान करिब ८ बजे बिस्फोट गराइएको थियो ।

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।