६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ राष्ट्रिय खेलकूद : आज नौ खेलमा प्रतिस्पर्धा हुँदै



अ+ अ-

काठमाडौं । प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ ।

आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

आजै दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्ड हलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।