९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

सरकारका कारण देश अत्यन्तै अप्ठेरोमा पर्यो– सहमहामन्त्री डा.महत

सरकारका कारण देश अत्यन्तै अप्ठेरोमा पर्यो– सहमहामन्त्री डा.महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देश यतिबेला अत्यन्तै अप्ठेरो स्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । विभिन्न ११ ओटा विद्यार्थी संगठनद्धारा आज आयोजित समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– वर्तमान सरकारको असक्षमता र सत्ता सञ्चालनमा चरम लापरपाहीका कारण देश दिन प्रतिदिन अप्ठेरोमा पर्दै गएको छ ।

कम्युनिष्ट पार्टीहरुले निर्वाचनमा जाँदा धेरै आस्वासन दिएका, यो वा त्यो सबै गरिदिन्छौँ भन्दै जनतामा आशा बाँढेका र त्यसले जनतामा अहिले आएर निराशा मात्र दिएकोले उनीहरुमा ठूलो वितृष्णा पैदा भएको भन्दै यसले भोलि देशमा बडो खतरनाक स्थिति ल्याउने उहाँले बताउनुभयो ।

सहमहामन्त्री डा.महतले भन्नुभयो– अहिले स्पष्ट भएको छ चुनाव ताकाको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ, यसले सत्ताधारीहरुलाई क्षणिक रुपमा फाइदा दिएको भए पनि देश ठूलो घाटामा छ ।

सो गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– आज देश अत्यन्तै अप्ठेरो स्थितिमा पुगेको छ, राष्ट्रियता वर्तमान सरकारको केवल भाषण गर्ने हल्का विषय बन्दा यसले देशलाई बडो संवेदनशिल अवस्थामा पुर्याएको छ, देशलाई यसले अपुरणीय क्षति पुर्याउने देखिएको छ ।

देशमा संस्थागत भ्रष्टाचार मौलाएको, अहिले लाख, करोडमा नभएर अरब अरबमा भ्रष्टाचार भएका काण्डहरु सुन्ने गरिएको र त्यसको उदाहरणका रुपमा हवाई जहाज, बुढीगण्डकी, फोर जी, सुनकाण्ड लगायत काण्डै काण्ड अहिले चर्चामा रहेका उहाँले बताउनुभयो ।

सो गोष्ठीमा सहभागी कम्युनिष्ट विचारधाराका विद्यार्थी संगठनप्रति इंगित गर्दै उहाँले प्रश्न गर्नुुभयो– कम्युनिष्ट विचारधाराको पनि मैले बुझेको सिद्धान्त गरिबीबाट जनतालाई मुक्ति र न्यायमा समानता हो, तर यो सरकारले त्यसो गर्न सकेको छ त ? उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो– कम्युनिष्ट विचारधाराका विद्यार्थी साथीहरुह तपाईँहरु नै भन्नुस के यो सरकार यी सैद्धान्तिक काममा लागेको छ कि कमाउ धन्दामा ? यो सरकारको जनविरोधी काम, अधिनायकवाद, र भ्रष्टाचारको विरुद्धमा अब विद्यार्थीहरु लाग्नुपर्ने बेला आएको उहाँको भनाई थियो ।

जहिले पनि विद्यार्थीहरु देशको महत्वपूर्ण परिवर्तनमा नेतृत्व लिएर अघि बढेको गौरवपूर्ण इतिहास हाम्रा सामु रहेको स्मरण गर्दै सहमहामन्त्री डा.महतले यतिबेला पनि देश अत्यन्तै अप्ठेरोमा परेकोले यी सारका बिकृती र विसंगतिहरु हटाउन नेपाल विद्यार्थी संघले नेतृत्व लिने उहाँले बताउनुभयो ।