२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन अधिकृत विरूद्ध अख्तियारद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरतप्रसाद साह र विचौलियाको काम गर्ने पुष्करदेव जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी एक सेवाग्राहीसँग रु ३० हजार घुस माग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

यस्तै मयुरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेविरुद्ध बर्दियाको शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टर जग्गा वृक्षरोपण गर्ने भनी पेस्की लिइ मापदण्डसमेत नपु¥याइ रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

वृक्षरोपणका लागि रु दुई लाख ६४ हजार बराबरको बजेट रहेकामा मूल्याङ्कन नै नगरी रु ५८ हजार ८०० मात्र खर्च गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ ।

नक्कली बिल भरपाईलाई बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरेले अनुगमन नगरी सोझै आफैँले उक्त कार्य सम्पन्न सदर गरी सो रकमको पेस्की फछ्र्याैट गरेको अभियोग लागेको छ ।

त्यसैगरी धनुषाको घाँसेबारी बीउविजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा रामगुलाम यादव र पशुसेवा प्राविधिक जागेश्वर चौधरीले सम्पन्न भइसकेको निर्माणको भुक्तानी आदेश दिँदा घुस मागेको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग रु ४० हजार घुस माग्दै गरेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।