६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन अधिकृत विरूद्ध अख्तियारद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरतप्रसाद साह र विचौलियाको काम गर्ने पुष्करदेव जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी एक सेवाग्राहीसँग रु ३० हजार घुस माग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

यस्तै मयुरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेविरुद्ध बर्दियाको शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टर जग्गा वृक्षरोपण गर्ने भनी पेस्की लिइ मापदण्डसमेत नपु¥याइ रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

वृक्षरोपणका लागि रु दुई लाख ६४ हजार बराबरको बजेट रहेकामा मूल्याङ्कन नै नगरी रु ५८ हजार ८०० मात्र खर्च गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ ।

नक्कली बिल भरपाईलाई बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरेले अनुगमन नगरी सोझै आफैँले उक्त कार्य सम्पन्न सदर गरी सो रकमको पेस्की फछ्र्याैट गरेको अभियोग लागेको छ ।

त्यसैगरी धनुषाको घाँसेबारी बीउविजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा रामगुलाम यादव र पशुसेवा प्राविधिक जागेश्वर चौधरीले सम्पन्न भइसकेको निर्माणको भुक्तानी आदेश दिँदा घुस मागेको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग रु ४० हजार घुस माग्दै गरेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।