६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक संगठनका अध्यक्ष बुढामगर पाल्पामा पक्राउ



अ+ अ-

पाल्पा । प्रहरीले विप्लव समूह निकट मानिएको शिक्षक संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । प्रहरीले अध्यक्ष विजय बुढामगरलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउसो शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन जाने क्रममा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले मगरलाई मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।