१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली टिमको पहिलो जित, के चम्कीएला त भाग्य ?



अ+ अ-

काठमाडौं । । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गतको २८ औँ खेलमा रोयल च्यालेनजर्स बंगलोरले किंग्स इलाभेन पन्जावलाई हराउँदै पहिलो जित निकालेको छ । बेंगलोरले यस अघि ६ खेलमा हार व्यहोरेको थियो । शनिबार राती पन्जावको घरेलु मैदानमा घएको खेलमा पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले जित हात पारेको हो ।

पन्जावले दिएको १ सय ७४ रनको लक्ष्य बेंगालेरले ४ बल अगाडी २ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेको हो । पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन मात्रै बनाउन सकेको थियो ।

बेंगलोरको जितमा ओपनर कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रन बनाएर १६ ओभरको तेस्रो बलमा मुरुगन आश्विनबाट क्याच आउट हुँदै बाहिरीए । पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

त्यस्तै एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाएर अविजित रहे। मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रनको योगदान गरे । पेभिलिएन ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमै क्याच आउट भए । कोहली र एवी डी भिलियर्सले ८५ रनको साझेदारी राखेका थिए ।

एन्ड्रयू टाईलाई मार्कस स्टोइनिसले अन्तिम ओभर तिर राम्रो प्रर्दशन गर्दै १८ रन जोडेपछि बेंगलोरको जित सहज बनेको थियो । पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले एक एक विकेट दिन सके ।

पन्जावका लागि उत्कृष्ट प्रर्दशन गरेका ओपनर क्रिस गेल १ रनले शतक बनाउन बाट चुकेका थिए । गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रन बनाएका थिए । उनी नटआउट रहेपनि जित भने बनाउन सकेनन् ।

गेल र ओपनर लोकेश(केएल) राहुलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । राहुलले १५ बलमा २ चौका र १ छक्कासहित १८ रन जोडे । लोकेश सातौं ओभरको दोस्रो बलमा विकेटकीपर पार्थिव पर्टेलबाट आउट भए ।

मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।