६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समिट एयर दुर्घटना : कोपाइलट र असईको मृत्यु, एयर होस्टेज सकुशल (अपडेट)



अ+ अ-

काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए । रानाका अनुसार एयर होस्टेज आर. लामा भने सकुशल रहेको बताए ।

समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

आइतबार बिहान समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान भएको दुर्घटना भएको हो ।काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।