६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्टहृयाममाथि युनाइटेडको संघर्षपूर्ण जित, पोग्बाले गरे दुई गोल



अ+ अ-

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्टहृयामलाई २–१ गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा पाउल पोग्बाले दुबै गोल गरेका थिए । वेष्टहृयामका लागि भने फिलिपे एन्डरसनले गोल फर्काएका थिए ।

१९ औं मिनेटमा नै पोग्बाले पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै गोलमा म्यानचेसटर युनाइटेडले वेष्टहृयाममाथि पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ४९औं मिनेटमा एन्डरसनले गोल गर्दै वेष्टहृयामलाई १–१ गोलको स्थितिमा ल्याए ।

खेलको ८० औं मिनेटमा म्यानचेस्टर युनाइटेडले फेरी पेनाल्टी पायो । यो पटक पनि पोग्बाले नै पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६४ अंक भएको छ । पराजित वेष्टहृयामको भने समान खेलबाट ४२ अंक छ ।