
काठमाडौं । ओेपीडी सेवा बहिष्कार गरेको ९ दिनपछि आन्दोलनरत सरकारी चिकित्सकहरु नियमित काममा फर्केका छन् । सरकारले माग सम्बोधनका लागि १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् ।
चैत्र २२ गतेदेखि सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपः कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधाप्रतिको विरुद्ध गोदान आबद्ध चिकित्सकहरु देशभरको ओपीडी सेवा बहिष्कार गरि आन्दोलनमा उत्रिएका थिए ।
सरकारले माग सम्बोधनको लागि आश्वासन दिएको हुँदा काममा फर्किएको चिकित्सकहरुले जनाएका छन् । सरकारी चिकित्कस संघका उपाध्यक्ष डाक्टर नविन पोखरेलले जानकारी दिए ।









