
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गरिबीको चंगुलबाट मुक्ति दिनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको बताएका छन् । अब खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।
आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौ बैंक खाताको शुभारम्भ समारोहमा बोल्दै एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरे ।
मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ । हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।
सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।









