९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

अमेरिका, चीन व्यापार वार्ता अन्तिम निष्कर्षमा : अमेरिकी अर्थमन्त्री

अमेरिका, चीन व्यापार वार्ता अन्तिम  निष्कर्षमा  : अमेरिकी अर्थमन्त्री
अ अ+ अ-

वासिङ्टन – विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ ।

विश्वस्तरका संस्थाहरुका अध्ययनले विश्व व्यापारमा मन्दी आउनुमा विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको जनाउँदै आएका थिए । अमेरिकी अर्थमन्त्री मन्चिनको व्यापार वार्ता अन्तिम चरणमा पुग्न लागेको भन्ने नयाँ भनाईले विश्व अर्थतन्त्रमा नयाँ मोड आउने विश्वास व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको नियमित बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री मन्चिनले अमेरिकी चासोलाई सम्बोधन गर्नेगरी व्यापार वार्ता अघि बढिरहेको बताउनुभयो । मुद्राकोषले यसै साता गरेको प्रक्षेपणमा सन् २०१९ को अन्तिम महिनाहरुमा विश्व अर्थतन्त्रमा सुधार आउने उल्लेख छ ।

कोषका अनुसार, तर त्यसका निम्ति विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न मतभिन्नता जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्दछ । शनिबार सम्पन्न मुद्राकोषको अन्तिम बैठकबाट जारी वक्तव्यमा “व्यापार तनाब सुल्झाउन” आग्रह गरिएको छ ।

साथै संयुक्तराज्य अमेरिकाको अनुरोधमा विश्व व्यापार संगठनको सुधारमा मद्दत गर्ने बैठकमा सहमति भएको छ । मुद्राकोषमा १८९ मुलुक सदस्य छन् । मुद्राकोषकी प्रमुख क्रिस्टिन लागार्डले वासिङ्टन बैठकमा भेला भएका सबै अधिकारीहरुले आर्थिक वृद्धिका निम्ति व्यापारका लाभका बारेमा खुलस्त धारणा राखेको बताउनुभयो । चिनिया केन्द्रीय बैंकका डेपुटी गभर्नर चेन युलुले अमेरिकाको नाम नलिई कतिपय मुलुकको संरक्षणवादी नीतिले आपसी विश्वासमा सङ्कट निम्त्याएको बताउनुभयो ।

अर्थमन्त्री मन्चिनले संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि चीनसँग हतारमा सम्झौता गर्नुभन्दा राम्रो सम्झौता गर्नुपर्ने धारणा रहेको बताउनुभयो । “मितिको कुरा ठूलो होइन, राम्रो सम्झौता हुनु आवश्यक छ,” मन्चिनले भन्नुभयो, “तर मेरो विचारमा केही जटिल विषयमा समय लागेको हो, त्यो टुङ्गिने चरणमा प्रवेश गरिसकेको छ र चाँडै सम्झौता हुन्छ ।” नौ महिनादेखि जारी व्यापार युद्धलाई निश्कर्षमा पु¥याउन दुबै देशबीच बेइजिङ र वासिङ्टन डिसीमा घनीभूत वार्ता भइरहे पनि सम्झौताको मिति अझै तय हुन सकेको छैन ।

व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको सङ्केत पाएसँगै विश्वको शेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको छ । “हामी आगामी चार हप्तामा केही हुने विश्वासमा छौं । त्यसपछिका दुई हप्तामा अवश्य केही हुनेछ,” चिनियाँ व्यापार प्रतिनिधि लिऊ हेसँगको भेटपछि वासिङ्टन डिसीमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।

यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिनुभएको छ । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ ।

चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ । राष्ट्रपति ट्रम्पसँगको भेटघाटमा चिनियाँ उपप्रधानमन्त्री एवं चिनियाँ व्यापार वार्ताकार लिऊ हेले चीन र अमेरिकाबीच हुन लागेको नयाँ आर्थिक तथा व्यापार सम्झौताको मस्यौदामा सहमति जुट्न लागेको जानकारी गराउनुभएको थियो ।

उहाँले व्यापार वार्तालाई आपसी विश्वास र सम्मानका आधारमा जतिसक्दो चाँडो टुङ्ग्याउन चीनका तर्फबाट प्रयास जारी रहेको बताउनुभयो ।
एएफपी