
काठमाडौं । अष्ट्रेलियाको मेलबर्नस्थित एक रात्री क्लब बाहिर भएको अन्धाधुन्ध गोली प्रहारमा ४ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।
सन् १९९६ मा त्यहाँको तासमानियामा अन्धाधुन्ध गोली प्रहार भएको घटनामा ३५ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले बन्दुक राख्नेसम्बन्धि कानून परिवर्तन गरेको थियो ।









