
चितवन । नयाँ वर्षको अवसरमा घुम्न आएका एक युवक नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली रहेका छन् ।
आइतबार बिहान ज्ञवाली बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई बगाएको थियो ।
ज्ञवालीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ज्ञवालीको खोजी भइरहेको प्रहरीले जनाएको छ।









