६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो बुबाका नाममा खाता खोल्दै प्रधानमन्त्रीले गरे “खोलौ बैंक खाता”को शुभारम्भ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाको नाममा बैंक खाता खोलेर खोलौ बैंक खाताको शुभारम्भ गरेका छन् ।

यस अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुले सहकार्य गरिरहेका छन् । केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्नेछन् ।

मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ । हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।