
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यक्तिगत कर विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।
यद्यपि, ट्रम्पका एक अधिवक्ताले कर विवरण सार्वजनिक गर्न दबाव दिईनुलाई दूर्व्यवहारका रुपमा व्याख्या गरेका छन् ।
यसअघि अप्रिल १० को समयसीमामा कर विवरण सार्वजनिक गर्नुपर्ने समय राष्ट्रपति ट्रम्पले गुजारेका कारण अप्रिल २३ को नयाँ मिति तोकिएको आन्तरिक राजस्व विभाग प्रमुख रिचर्ड निलले बताए ।
राष्ट्रपति ट्रम्पले कर विवरण आन्तरिक राजस्वद्धारा लेखा परीक्षण भईसकेकाले सार्वजनिक गर्ने जरुरी नभएको बताएका छन् ।









